मध्यपूर्वमा समस्यामा परेका नेपालीलाई सघाउन कांग्रेसले खोल्यो ‘हेल्प डेक्स’


काठमाडौँ । मध्यपूर्वमा विकसित भएको पछिल्लो अवस्थाका कारण त्यहाँका विभिन्न देशमा रहेका धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रभावित भएको भन्दै नेपाली कांग्रेसले समस्यामा परेका नेपालीका लागि ‘हेल्प डेक्स’ सञ्चालनमा ल्याएको जनाएको छ ।

कांग्रेस सभापति गगनकुमार थापाले उक्त जानकारी दिँदै सबैलाई थप आवश्यक सहयोग पुर्याउन ’हेल्प डेक्स’सञ्चालनमा ल्याएको जनाएका हुन् । उनले कतिपयलाई सम्पर्क गरी राहत, स्थानान्तरण र तत्काल उद्धारको आवश्यकता परेको भन्दै विदेशमा रहेका धेरैको आफ्नो परिवारसँग सम्पर्क हुन नसकेको अवस्था रहेकोसमेत उल्लेख गरेका छन् ।

नेपालबाट उड्ने धेरै उडानहरू रद्द भएका कारण थुप्रै नेपाली प्रभावित भएको भन्दै सरकारले यसमा आफ्नो तवरले काम गरिरहेकोसमेत जनाएका छन् ।