महोत्तरी । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेल चुनावी प्रचारमा व्यस्त रहँदा उनको पक्षमा व्यापक जनलहर देखिएको छ ।
पोखरेल विकासप्रेमी,जनताको भावना बुझ्ने र मिलनसार नेता भएकाले उनलाई मतदाताले रुचाएका छन् । उनको जनलहरसँगै अन्य पार्टीका उम्मेदवारलाई ठूलै झड्का लाग्ने निश्चित रहेको स्थानीय बताउँछन् ।

क्षेत्र नम्बर १ को बाँकी रहेको विकासका कामलाई पूरा गर्न यहाँका जनताको जनचाहनाअनुसार नै पोखरेल चुनावी मैदानमा होमिएका हुन् । मतदानको दिन नजिकिँदै जाँदा आफ्नो पक्षमा माहोल बन्दै गएको नेपाली कम्युनिष्ट पार्टीका नेता/कार्यकर्ताको दाबी छ ।

महोत्तरी १ मा बर्दिबास र गौशाला नगरपालिकाका पूरै क्षेत्र पर्छन् । त्यसैगरी भंगहा नगरपालिकाको चारवटा वडा पनि यही क्षेत्रमा समेटिएका छन् । महोत्तरी १ मा गिरिराजमणि पोखरेलले बिगतमा गरेका काम, हाल उनले अघि सारेका विकासका योजना, पार्टीको बलियो सांगठानिक अवस्थाले उनी जित नजिक पुगेका हुन् ।


प्रतिक्रिया