काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाप्रति चिन्ता व्यक्ति गरेका छन् ।
इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि प्रचण्डले चिन्ता व्यक्त गर्दै मध्यपूर्वमा कार्यरत लाखौं नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाहरूले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सिर्जना गरेको छ। यस परिस्थितिप्रति म गहिरो चिन्ता व्यक्त गर्दछु । यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौं नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो। विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव उनीहरूमा पर्न सक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन म आग्रह गर्दछु।’

प्रतिक्रिया