रुकुम पश्चिममा उनेपाका उम्मेदवारले जनार्दन शर्मालाई सघाउने


कर्णाली । रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी केसीले शर्मालाई समर्थन गरेको घोषणा गरेका हुन् ।

रुकुमको विकासको लागि सहकार्य गरेर अघि बढ्ने सहमति अनुसार उम्मेदवारी निष्क्रिय पारेर शर्मालाई सघाउने केसीले बताए । यसअघि यहाँ नेकपा एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ।

अब यहाँ प्रलोपाका शर्मा, कांग्रेसका राजु केसी, नेकपाका गोपाल शर्मा र रास्वपाका मानबहादुर शाहीबीच चुनावी प्रतिस्पर्धा हुने छ । पत्रकार सम्मेलनमा शर्माले जिल्लालाई विकास, सुशासन र समृद्धिको राष्ट्रिय नमुना बनाउने प्रतिबद्धता व्यक्त गरे ।