काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी परित्याग गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत राईले पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘राजनीति भनेको सोझो र इमान्दारले गर्ने काम होइन रहेछ । आजदेखि राजनीति र पार्टीका लागि एक कौडी पैसा र एक सेकेन्ड समय पनि खर्च गर्ने छैन । अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की– १ मा रास्वपाका उम्मेदवार राईले १० हजार ९४१ मत प्राप्त गरेका थिए । सोही निर्वाचनमा रास्वपाले उक्त क्षेत्रमा समानुपातिकतर्फ १५ हजार ८६४ मत प्राप्त गरेको थियो ।
यसपटक पनि उनी उम्मेदवारको दाबेदार रहेपनि उनले टिकट पाएएका थिएनन् । रास्वपाबाट कास्की–१ मा यसपटक खड्कराज पौडेल उम्मेदवार छन् ।

प्रतिक्रिया