काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सर्लाही-४ का मतदातालाई अमरेश सिंहलाई जिताएर पठाउन आग्रह गरेका छन् ।
बुधबार सर्लाही-४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले कांग्रेस सभापति गगन थापालाई जसरी पनि पराजित गर्न आग्रह गरे ।
उनले यहाँ अमरेशले जित्ने दाबी गरे । यो स्थानमा अमरेशजीले नभए पनि अर्को मधेशको छोरोले जित्नुपर्ने उनको भनाई थियो ।
उनले भने, ‘मलाई थाहा छ, सर्लाही ४ मा अमरेशजीले जित्नु हुन्छ । यो स्थानमा अमरेशजीले नभए पनि अर्को मधेशको छोरोले जित्नुपर्छ । तर यस पटक कोही काठमाडौंबाट यहाँ आएर म मधेसको बेटा हुँ भन्दै छ, उनलाई ठाउँको ठाउँ रोक्नुपर्छ।’
उनले यसपटकको निर्वाचन अरु बेलाको जस्तो नभएको बताए । यो निर्वाचनले देशलाई न्याय दिने उनको भनाई थियो ।
उनले भने, ‘अघिपछिको चुनाव जस्तो होइन, यस पटक विशेष चुनाव छ ।’ उनले सर्लाहीलाई पर्दा विगतमा आफू लडेको भन्दै यस पटक न्याय दिन आग्रह गरे ।

प्रतिक्रिया