यस्ता छन् मन्त्रिपरिषद बैठकका २५ निर्णय


काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले निर्णउय सार्वजनिक गरेका हुन् ।

बैठकले निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने तथा सो अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै बैठकले १६ औँ योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२–२०८५/८६) स्वीकृत गरेको छ ।