काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले मतदातालाई राष्ट्रको धरोहर जलाउनेलाई मत नदिन आग्रह गरेकी छन् ।
बुधबार सामाजिक संजालमार्फत झाँक्रीले जेनजी विद्रोहको समयमा भएको विध्वंसको स्मरण गराएकी हुन् । उनले चुनावमा मतदान गर्दा सचेत हुन मतदातालाई आग्रह गरेकी छन् ।
उनले भनेकी छन्, ‘हाम्रा नवयुवालाई मानव ढालको रूपमा प्रयोग गरेर हत्या गर्न उक्साएको हामीले न विर्सेका छौं, न विर्सने छौं, न माफ गर्नेछौं । र, जलाएको सिंहदरवार, जलाएको सर्वोच्च अदालत, खरानी बनाएको संसद भवन, जलाएको राष्ट्रपति भवनः हामी विर्सेका छैनौं । बिर्सने छैनौ । सयौं युवाका उजाडिएका सपनाहरूको पनि हिसाब खोज्ने छौं। आदारणीय बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू ! एक पटक सोचौं त ? यि बिध्वंस गर्नेहरू को थिए ? आज कहाँ छन् ? के यो आन्दोलनको स्टेकहोल्टर दाबी गर्दै भोट माग्न त आएका छैनन् ? विचार गरौंः यिनीहरूले आज राष्ट्रका धरोहर जलाए, अब हामीलाई दुईवटा बारूदको चेपुवामा पार्नेछन् ।’

प्रतिक्रिया