काठमाडौँ । कास्की निर्वाचन क्षेत्र नम्बर- २ का स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् । सोमबार एक विज्ञप्ति जारी गरी नेपाली कांग्रेसका उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) लाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
जेनजी आन्दोलनको मर्म अनुसार उम्मेदवारी दिएको बताउँदै आएका उनले राजनीतिक परिस्थिति र कास्की २ को दीर्घकालीन हितलाई ध्यान दिएर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
उनले यो संविधान, प्रजातन्त्र र जनअधिकारको रक्षा गर्न र वर्तमान अवस्थामा लोकतान्त्रिक शक्तिहरूलाई बलियो बनाउने जिम्मेवारीबोधबाट आएको निर्णय भएको बताएका छन् । उनले कांग्रेस उम्मेदवार बास्तोलाको निष्ठा, इमानदारी तथा युवामैत्री सोचको कदर गर्दै समर्थन जनाएको बताएका छन् ।


प्रतिक्रिया