काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाका उपसभापति गुप्तसेन ठकुरीले पार्टी छाडेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै ठकुरीले पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनले पार्टीभित्र पारदर्शिता नदेखिएकाले आफूखुसी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । ठकुरी रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा सक्रिय थिए ।

प्रतिक्रिया