दाङ पुगेर रविले यसरी पोखे शंकर पोखरेलमाथि आक्रोश(भिडियो)


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा एमालेका महासचिव शंकर पोखरेलप्रति आक्रोश पोखेका छन् ।

शुक्रबार पार्टीले दाङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले बिचौलियासँग मिलेर आफूलाई संसदबाट निकालेको भन्दै आक्रोश पोखेका हुन् । उनले आफूलाई संसदबाट निकाल्ने योजनाकार पोखरेल भएको आरोप लगाए ।

सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा लागेपछि संसदले उनी निलम्बनमा परेको सूचना निकालेको थियो । रविले त्यसै घटनालाई लिएर पोखरेलप्रति आक्रोश पोखेका हुन् ।

उनले भने, ‘गृहमन्त्रीका रुपमा राम्रो काम गरिरहहेका बेला मलाई छलछाम गर्दै संसदबाट निकाल्नेका योजनाकार यहीँ छन् । यो देशका जनतालले दोस्रो पटक सबैभन्दा धेरै मत दिलाएर जितेको अवस्थामा मलााई छलछाम गरेर निकाल्ने यहीँ छन् । भ्रष्टाचारविरुद्ध काम गरिरहेको मलाई विचौलियासँग मिलेर मध्यराति हस्ताक्षर गरेर दुई घण्टामा निकाले ।’

सभापति लामिछानेले आफूलाई संसदबाट निकाले पनि जनताको मनबाट कसैले निकाल्न नसक्ने जिकिर गरे । उनले भने, ‘तिनले सुन्ने गरी भन्छु– संसद्बाट निकाल्यौ, जनताको मतबाट निकालेर देखाऊ ।’

उनले आफूलाई जेल पुर्याउने पात्रहरूलाई फागुन २१ गतेको चुनावबाटै जवाफ दिने बताए ।