काठमाडौं । नेकपा एमालेले राष्ट्र निर्माणको अभियान सफल बनाउन आह्वान गरेको छ । प्रेस संयोजक मीनबहादुर शाहीले शनिबार विज्ञप्ति जारी गरी एमालेले अघि सारेको विचार, सिद्धान्त र नीतिलाई सफल बनाउन आह्वान गरेका हुन् ।
उनले एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको सुदृढीकरणमार्फत समृद्धि हासिल गर्ने दीर्घकालीन सोचसहित अघि बढ्ने सङ्कल्प लिएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्न सक्ने यथार्थप्रति हामी गम्भीर ध्यान आकर्षण गराउन चाहन्छौँ । राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहन्छ ।’
त्यस्तै एमालेले लोकप्रियतावादको भ्रमबाट सचेत रहन आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्न सक्ने यथार्थप्रति हामी गम्भीर ध्यान आकर्षण गराउन चाहन्छौं । राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहन्छ । नेकपा (एमाले) नेपालका आम जनता, आमाबुबा, दाजुभाइ, दिदीबहिनी, युवा वर्ग, किशोरकिशोरी सबै मतदाता समक्ष लोकप्रियतावादको भ्रमबाट सचेत रहँदै विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकारको प्रयोग नेकपा (एमाले) को सूर्य चिन्हमा प्रदान गर्न अनुरोध गर्दछौं । विश्वभरका धेरै र दक्षिण एसियाका केही देशहरू लोकप्रियतावादको गम्भीर समस्या सामना गरिरहेको यथार्थता हाम्रा अगाडि स्पष्ट छ । तसर्थ, स्थायित्व, विकास र समृद्धिको दीर्घकालीन मार्ग चयन गर्नु नै राष्ट्र र जनताको हितमा हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।’



प्रतिक्रिया