विमानस्थलबाहिर पूर्वराजाको भव्य स्वागत


काठमाडौं । झापाबाट काठमाडौँ फर्किका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर समर्थकले भव्य स्वागत गरेका छन् । समर्थकहरूले विभिन्न नारासहित उनलाई विमानस्थल गेट बाहिर स्वागत गरेका हुन् ।

उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका थिए । त्यसक्रममा उनका समर्थहरुले राजसंस्थाका पक्ष्मा नाराबाजीसमेत गरेका थिए । यता जिल्ला प्रशासन कार्यालय काठमाडौँले विमानस्थलमा भिडभाड नगर्न भन्दै निषेधाज्ञा समेत जारी गरेको छ ।