प्रतिकुल मौसमका कारण मतदाता जिल्ला बाहिर रहेकाले निर्वाचन सार्न नाम्खा-६ का वडाध्यक्षको आग्रह


सिमिकोट । हुम्लाको नाम्खा गाउँपालिकाले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सार्न आग्रह गरेको छ ।

नाम्खा गाँउपालिका वडा नम्बर ६ का वडाध्यक्ष चापल पाल्जोर तामाङले जिल्ला निर्वाचन कार्यालयलाई पत्र लेख्दै निर्वाचन सार्न आग्रह गरेका हुन् ।

पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा यस नाम्खा गाँउपालिका वडा नम्बर ०६ मा यही मिति २०८२/११/२१ गते हुने निर्वाचनलाई मध्यनजर गरि यस वडाका मतदाताबासीहरु मौसम प्रतिकुल तथा विविध कारण हाल जिल्ला बाहिर भएकोले यस वडाको निर्वाचन दोस्रो चरणको निर्वाचन मितिमा सारिदिन हुन सिफारिस साथ अनुरोध गरिन्छ ।’