काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद थप गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगलाई उक्त घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउन थप २५ समय दिएको हो । सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय भएको जानकारी दिए ।
गत असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोग भएको थियो । आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधबार सकिँदै थियो ।
विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । ३ महिनाको कार्यादेशसहित गठित आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि यसअघि पुस ८ गते बसेको मन्त्रिपरिषद बैठकले एक महिनाको लागि आयोगको म्याद थप गरेको थियो ।
आयोगले आफनो काम पूरा गर्न नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले पुनः २० दिन आयोगको म्याद थप गरेको थियो । तर दोस्रोपटक थपिएको समयावधि भित्र पनि आयोगले आफनो प्रतिवेदन बुझाउन नसकेपछि पुनः तेस्रोपटक २५ दिन सरकारले म्याद थप गरेको हो ।

प्रतिक्रिया