चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्वासी समस्यालाई भोट बैंक बनाउने चलनको अन्त्य गर्ने बताएका छन् ।
शनिबार चितवन–२ को सुकुम्वासी बस्तीमा पुगेका लामिछानेले यो भोट बैंकको पसल सदाका लागि बन्द गर्ने बताएका हुन् । उनले कानुन बनाएरै सुकुम्बासीको समस्या समाधान गर्ने बताए ।
उनले भने, ‘पाउनुपर्ने मान्छेलाई दिएर यो सुकुम्बासी समस्याको पसल, भोट बैंकको पसललाई सदाका लागि बन्द गर्ने वचन मैले हिजो पनि दिएको छु । सुकुम्बासीको नाममा भइरहेको राजनीति सदाका लागि बन्द गर्नेछौं ।’
उनले पाँच वर्षसम्म ढुक्कैले सरकार चलाउनेगरी रास्वपालाई मत दिन आग्रह ।

प्रतिक्रिया