निर्वाचनपछि देशको नेतृत्व गर्न हामी आएका छौंः कुलमान घिसिङ


जनकपुरधाम । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावपछि देशको नेतृत्व गर्ने बताएका छन् । बिहीबार चुनावी कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका घिसिङले पत्रकारहरुसँगको कुराकानीमा आफूहरु कसैलाई प्रधानमन्त्री बनाउन नआएको बताए ।

उनले निर्वाचनपछि मुलुकको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरे । उनले भने, ‘भाषण गरेर प्रधानमन्त्री हुन आएका होइनौँ । जनताले छानेपछि हुने देशको लिड गर्न हामी आएका छौं । अरु कसैलाई प्रधामन्त्री बनाउन आएका होइनौं । हामी नै यो देशमा परिवर्तन गर्नेछौं ।’

उनले धेरै सिटमा उज्यालो अभियान पार्टी प्रतिस्पर्धामा रहेको दाबी गरे । उनले जेनजी आन्दोलन पश्चात आएको नयाँ पार्टी उज्यालो नै रहेको बताउँदै नयाँलाई विश्वास गर्न गरेर काम गर्ने अवसर दिन आग्रह गरे ।