प्राइमरी प्रक्रियाको लागि भनि आकांक्षीहरुसँग उठाएको २५ हजार कहिले फिर्ता गर्ने ?(भिडियो)


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारका आकांक्षी प्रणय राणाले प्राइमरी चुनावको नाममा पार्टीले उठाएको २५ हजार रुपैयाँ फिर्ता मागेका छन् ।

सामाजिक संजालमार्फत राणाले पारदर्शिता, सुशासन, अनि अन्तरिक लोकतन्त्र नारामा मात्र सीमित भएको भन्दै उनले चुनावका नाममा पार्टीले उठाएको रकम फिर्ता मागेका हुन् । रास्वपाले उम्मेदवारका आकांक्षीहरूसँग २५ हजार रुपैयाँका दरले रकम उठाएको थियो । त्यस्तै समानुपातिकतर्फ उम्मेदवारका आकांक्षीसँग ५० हजार रकम शुल्क तोकेको थियो ।

राणाले भनेका छन्,‘प्राइमरी प्रक्रियाको लागि भनि आकांक्षीहरुसँग ठगी गरि उठाएको पैसा कहिले फिर्ता गर्ने ? पारदर्शिता, सुशासन, अनि अन्तरिक लोकतन्त्र नारामा मात्र ? रास्वपाका प्रत्यक्षतर्फका सबै उम्मेदवार निर्वाचन आयोगको कानून अनुसार अबैध हुन सक्छन् । रास्वपाको प्राइमरी इलेक्सनमा भोटिङ नै फाइनल हुन पर्छ भनि ५० प्रतिशत अतिरिक्त नम्बरको चलखेल हटाउन धेरै कोशिस गर्दा पनि सकिएन । किनकी धेरै पूर्वसांसदहरुलाई नै आफू यस प्रकियाबाट हारिन्छ कि भन्ने डर थियो ।’

हेर्नुस् भिडियो