बालेन चुनावी अभियानमा देश दौडाहामा रहेका बेला काठमाडौँको घरमा चोरी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहको काठमाडौंस्थित घरमा चोरी भएको छ । शुक्रबार साँझ करिब ६ बजेतिर चोरी भएको हो ।

चोरको समूहले सुनका गरगहना,नगद रकम र केही चरेसका थालसमेत लगेको बताइएको छ । बालेन चुनाव प्रचारका लागि सुदूरपश्चिम र कर्णाली प्रदेश गएका बेला घटना भएको हो । त्यस्तै उनी पत्नी पनि यतिबेला झापा ५ मा चुनावी अभियानमा छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले साहको घरको गेटमा ग्रील फुटाइएको पाइएको र थप अनुसन्धान भइरहेको जानकारी दिए । बालेन झापा ५ बाट उम्मेदवार बनेका छन् ।