काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल (एकता पक्षधर समूह) पार्टीबाट विद्रोह गरी पोलिटब्युरो सदस्य भीम चापागाईँको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।
मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले चापागाईँसहितका नेतालाई स्वागत गरेका हुन् ।
कार्यक्रममा प्रचण्डले आफ्ना पुराना सहकर्मीहरुलाई एकतामा आउन आह्वान गरे । उनले अब पनि एक्लाएक्लै हिँडेर नहुने बताए ।
कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन, जनताको विकास र समृद्धिको आकाङ्क्षालाई सम्बोधन गर्न एकताबद्ध हुनुको विकल्प नभएको उनको भनाई थियो ।
प्रचण्डले अहिले सामाजिक संजालमा स्टन्टबाज गरेको भरमा नै जनताको दिमाग चाट्ने काम भइरहेको बताए । उनले भने, ‘सामाजिक संजालमा स्टन्टबाज गरेको भरमा नै जनताको दिमाग चाट्ने काम भइरहेको छ। यसलाई रोक्न पनि हामी एकताबद्ध हुनुपर्छ ।’

प्रतिक्रिया