काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको आरोपमा तीन उम्मेदवारमाथि स्पष्टीकरण सोधेको छ । आयोगले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई पैसा बाँडेको भिडिओबारे स्पष्टीकरण सोधेको छ ।
त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
यस्तै नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ता गर्दा सरकारी गाडी चढेर गएको विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि स्पष्टीकरण सोधेको छ ।
द्वेषपूर्ण अभिव्यक्ति दिएको आरोपमा आयोगले काठमाण्डौ–४ बाट उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुरेन्द्र भण्डारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवानादेखि उम्मेदवारी खारेजसम्म गर्न सक्ने अधिकार आयोगलाई छ ।

प्रतिक्रिया