भुसाल नेकपाको राष्ट्रियसभा संसदीय दलको नेता नियुक्त


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को राष्ट्रियसभा संसदीय दलको बैठकले डा.बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ ।

आइतबार बसेको दलको बैठकले भुसाललाई दलको नेता नियुक्त गरेको हो । त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ ।

पार्टीले दलका नेतानारायणकाजी श्रेष्ठ राजीनामा दिएर निर्वाचनको उम्मेदवार बनेपछि राष्ट्रियसभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको नेकपाले जनाएको छ ।