हरिबोल गजुरेलसहित सात नेता नेकपाबाट निष्कासित


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेता हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

नेकपाले हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिरहा), राजकुमारी साह (सिराहा) र जिवछ साह (सिराहा) लाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासन गरेको हो ।

आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका तपसिलका व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको नेकपाले जनाएको छ ।