काठमाडौँ । संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग भएको भन्दै रोक्न माग गरेका छन् । राष्ट्रिय झण्डा ओडेर देश जलाउने, राष्ट्रिय झण्डा ओडेर मत माग्ने काम हुन थालेको भन्दै आचार्यले त्यसलाई रोक्न माग गरेका हुन् ।
निर्वाचनमा मत माग्द जाँदा उम्मेदवारले राष्ट्रिय झण्डा ओढेर जाने गरेका दृष्य सामाजिक संजालमा देखिन थालेपछि आचार्यको यस्तो भनाई आएको हो ।
उनले भनेका छन्, ‘राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओडेर देश जलाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी कार्य बर्जित छन् । तत्काल बन्द हुनुपर्यो । राष्ट्रिय झण्डा ओढ्ने “कपडा” होइन । यसतर्फ सम्बद्ध निकायको ध्यान जाओस् ।’

प्रतिक्रिया