झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्यटक उम्मेदवारलाई पराजित गर्न मतादातालाई आग्रह गरेका छन् । झापामा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सबै ठाउँमा पर्यटक उम्मेदवारलाई पराजित गरी स्थानीय उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका हुन् ।
उनले एमाले पदका लागि मात्र नभई देश जोगाउन र विकासका लागि संघर्ष गरिरहेको बताए । अध्यक्ष ओलीले सामाजिक सञ्जालमा फैलिएको भ्रममा नपर्न पनि मतदातालाई आग्रह गरे । उनले धितो–जमानी नभएका व्यक्तिलाई मत दिएर आफ्नो भोट खेर नफाल्न आग्रह गरे ।
उनले भने, ‘बैंकले पनि धितो जमानी बिना नोट छाप्दैन, त्यसैले भोट हाल्दा पनि धितो न जमानीको मान्छेलाई भोट हालेर आफ्नो मत खेर नफाल्नुस्।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको महोत्तरीस्थित घरअगाडि सडक र पुल आफूले बनाइदिएको दाबी भने, ‘मैले उहाँको घरअगाडि बाटो र पुल बनाइदिएको छु, तर झापामा उहाँले के गर्नुभएको छ?’ उनले उठिबास गराइन्छ कि भनेर बालेनदेखि सुकुम्बासीहरु डराइरहेको बताए ।

प्रतिक्रिया