‘धन्यवाद, प्रधानमन्त्रीज्यू, तपाईं त्यो काँध हुनुहुन्छ जसले सिङ्गो देशको भार थामिरहेछ’


काठमाडौँ । जेनजी अगुवा रक्षा बमले देश निर्वाचनमा होमिएकाले नयाँ आशाको ढोका खुलेको बताएकी छन् ।

बुधबार राति सामाजिक संजालमार्फत बमले सम्पूर्ण दलहरूले निर्वाचनमा आफ्ना उम्मेदवार उठाएर देशलाई फेरि सुदृढ लोकतन्त्रतर्फ धकेलेका र यसै क्षणबाट आशाको नयाँ ढोका खुलेको बताएकी हुन् ।

उनले भनेकी छन्, ‘अन्योल र अनिश्चितताको यो यात्रामा हिजो हामीले एउटा ठूलो मोड पार गरेका छौँ । जेनजी आन्दोलनपछि देशले भोगेको सङ्क्रमणकाल,अन्योल र डरका बीच लोकतान्त्रिक निकास सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न हाम्रो र हरेक नागरिकको मनमा थियो। तर हिजो, सम्पूर्ण दलहरूले निर्वाचनमा आफ्ना उम्मेदवार उठाएर देशलाई फेरि सुदृढ लोकतन्त्रतर्फ धकेलेका छन् र यसै क्षणबाट आशाको नयाँ ढोका खुलेको छ।’

उनले यसका लागि प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएकी छन् । उनले भनेकी छन्, ‘यसका लागि धन्यवाद, प्रधानमन्त्रीज्यू । तपाईं त्यो काँध हुनुहुन्छ जसले सिङ्गो देशको भार थामिरहेछ। हजार आलोचना, हजार शंका र हजार बोझका बीच पनि देशलाई ढल्न नदिई उभ्याइरहनुभएको छ । अब जिम्मेवारी हाम्रो हो।अब देशको भाग्य जनताकै हातमा छ। सचेत बनौं।’