बालेनले गरे झापा–५ मा उम्मेदवारी दर्ता


झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गरेका छन् ।

मंगलबार मध्यान्ह बालेन ठूलो दलबलसहित झापा– ५ मा मनोनयन दर्ता गराउन गएका थिए । यस क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्दै आएका छन् र यसपटक पनि ओली उम्मेदवार छन् ।