सञ्चारमन्त्री खरेलद्वारा पदबाट राजीनामा, रास्वपाबाट चुनाव लड्ने


काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टीबाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् । कार्की नेतृत्वको मन्त्रिपरिषद्बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिइसकेका छन् ।