काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ–१ मा उम्मेदवार बनाएको छ ।
रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले सोमबार कार्यालयमा बोलाएर तामाङलाई टिकट दिएका हुन् । यसअघि तामाङले काठमाडौँको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन् ।

प्रतिक्रिया