काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई वैधानिकता दिने क्रममा यसलाई दलको आधिकारिकता विवादभन्दा अद्यावधिकको विषय भएको बताएको छ । आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई अनदेखा गर्न नसकिएको पनि उल्लेख गरेको छ ।
आयोगले यस विवादमा शुक्रबार निर्णय गरेको थियो । निर्णयमा केन्द्रीय समितिका सदस्यले गरेको हस्ताक्षर अनदेखा गरी नियन्त्रण गर्न खोज्नु लोकतान्त्रिक मान्यता अनुरूप भएको मान्न नसकिने आयोगले ठहर गरेको छ । आयोगले निर्णयमा राजनीतिक दलसम्बन्धि एनेको दफा ४३ र ४४ बमोजिमको विवादको निरूपण र विवाद निरूपण सम्बन्धी कार्यविधि अन्तर्गतको विषय नरहेको जनाइएको छ ।











प्रतिक्रिया