राष्ट्रिय सभाका तीन सांसद, श्रेष्ठ, गौतम र न्यौपानेको राजीनामा, प्रतिनिधिसभामा उम्मेदवारी दिने


काठमाडौँ । राष्ट्रिय सभाका तीन सांसदले राजीनामा दिएका छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेवार हुन नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राजीनामा दिएका हुन् ।

उनीहरुले आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका हुन् । नारायणकाजी सर्लाही ३, वामदेव बर्दिया १ बाट र एमालेकी न्यौपाने तनहुँ १ बाट उम्मेदवारी दिँदै छन् ।