गगन थापा पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध देउवा समूहद्वारा सर्वोच्चमा रिट दर्ता


काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छन् ।

देउवा समूहले आइतबार सर्वोच्चमा रिट दर्ता गरेको हो । रिटको पेसी माघ ६ गतेका लागि तोकेको छ । सोमबार सार्वजनिक बिदा परेकाले पेसी ६ गतेका लागि तोकिएको हो । सर्वोच्चमा रिट लिएर तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरु पुगेका थिए ।

देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेका छन् ।