काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेस विभाजित हुनु दुःख भएको बताएका छन् ।
शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले अहिले विभाजन देखिएपनि कुनै उपायले कांग्रेस पुनः एकहुने अवस्था बनोस् भन्दै शुभकामन दिएका छन् ।
उनले भनेका छन्, ‘लोकतान्त्रिक आन्दोलनमा अगुवाई गरेको नेपालको पुरानो पार्टी नेपाली कांग्रेस विभाजित हुनु दुःखको कुरा हो । पार्टीको विधान, नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धि ऐनका आधारमा यसको कÞानुनी छिनोफानो हुने नै छ । राजनीतिक वैधता र जनचाहना निर्णयको सर्वोपरी सवाल हो । यो नेपाली कांग्रेसको आन्तरिक मामला हो । हामीले धेरै बोल्नु राम्रो होइन । कुनै उपायले कांग्रेस पुनः एकहुने अवस्था बनोस कांग्रेसीजनमा मेरो शुभकामना छ ।’
उनले एमाले विभाजन हुँदा २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको र सरकारले दल फुटाउन अध्यादेश ल्याएको स्मरण गराएका छन् ।
उनले भनेका छन् , ‘तितो स्मरण होसः संविधान विपरीत दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर नेकपा एमालेलाई विभाजित गरिँदा शेरबहादुर दाइ नै प्रधानमन्त्री हुनुहुन्थ्यो । संसदमा एक महिना नारा लगाएको मलाई सम्झना छ । सभामुखले सुन्नै सुन्नु भएन । त्यतिबेला हामीले भनेका थियौ– प्रधानमन्त्रीज्यू कुनै बेला तपाईलाई पनि आइ पर्ला है ? असारमा २०७८ । २०५४ साल फागुनमा एमाले विभाजन हुंदा तत्कालिन सभामुखको भूमिका के थियो ? टुटफुट र विभाजन तिर कसैले कसैलाई नउकासौँ । समयको वेग र जनचाहनालाई सम्मान गरौँ ।’

प्रतिक्रिया