विप्लव र संयुक्त जेनजी आन्दोलनका संयोजक ढुङ्गानाबीच चार बुँदे सहमति


काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच जेनजी विद्रोहका मागहरू पुरा गर्न सङ्घर्ष गर्नेलगायत चार बुँदे सहमति भएको छ ।

सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि सङ्घर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधान संशोधन, स्थिर सरकार र भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संयुक्त रूपमा सङ्घर्ष गर्ने जस्ता विषय समावेश सहमतिपत्रमा नेकपाका महासचिव चन्द र संयोजक ढुङ्गानाले बिहीबार माइतीघर मण्डलामा हस्ताक्षर गरेका हुन् ।

ढुङ्गाना नेतृत्वको समूह पछिल्लो केही दिनदेखि विभिन्न माग राखी माइतीघर मण्डलामा धर्नामा बस्दै आएको छ ।