काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसूचीबाट हटाइएकी टासी ल्हाजोमले आफूले बन्दसूचीबाट नाम फिर्ता नलिएको भन्दै कानूनी प्रक्रियामा जाने चेतावनी दिएकी छन् । रास्वपाले टासीको नाम बन्दसूचीबाट हटाएको खबर सार्वजनिक भएपछि उनले कानुी कारबाहीमा जाने चेतावनी दिएकी हुन् ।
उनीमाथि फ्री तिब्बत पक्षधर रहेको आरोप लागेको छ । उनले सामाजिक संजालमा लेखेकी छन्,‘ मैले बारम्बार स्पष्ट पार्दै आएको छु कि म तिब्बती होइन । म ‘फ्रिडम तिब्बत’ नामक कुनै पनि किसिमको गतिविधि वा अभियानसँग कुनै सम्बन्धमा छैन । मेरो तिब्बती प्रेमी छैन । माथिका कुनै पनि विषयमा मेरो संलग्नता रहेको प्रमाण आफूले फेला पारेको दाबी गर्ने जो कोहीलाई आफ्नो प्रमाण र सबुत सार्वजनिक रूपमा प्रस्तुत गर्न म चुनौती दिन्छु । एक सार्वभौम देशको नागरिकका रूपमा, नेपालको संविधानले सुनिश्चित गरेका सबै अधिकारहरू-समेत निर्वाचनमा उम्मेदवारी दिने अधिकार प्राप्त छन् । मेरो संवैधानिक अधिकारलाई अस्वीकार गर्ने वा अवरोध पुर्याउने जो कोहीविरुद्ध कानुनी कारबाही गरिनेछ।’


प्रतिक्रिया