विभिन्न माग राख्दै विश्व हिन्दू परिषद नेपालद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौँ । विश्व हिन्दू परिषद नेपालले विभिन्न माग राखेर गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ । परिषदले अवैध घुसपैठ, हिन्दू समाजमाथि भइरहेका आक्रमण रोक्नलगायतमा माग राखी ज्ञापनपत्र बुझाएको हो ।

परिषदले सीमा क्षेत्रमा आवतजावतमा कडाइ, अवैध घुसपैठमा संलग्न व्यक्तिमाथि छानबिन, मदरसा शिक्षा बोर्ड सदाका लागि निषेध, मुस्लिम आयोग विघटनलगायतका माग राखेको छ ।