पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न कार्यवाहक सभापति खड्काको अपील


काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै निर्णय नगर्न विशेष महाधिवेशन पक्षधरलाई अपील गरेका छन् ।

सोमबार दिउँसो विज्ञप्ति जारी गरी खड्काले एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न र पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न अपील गरेका हुन् ।