गगन र विश्वप्रकाशद्वारा विशेष महाधिवेशन उद्घाटन


काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरेर उद्घाटन गरेका छन् । काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको कांग्रेसको विशेष महाधिवेशनलाई महामन्त्रीद्वय थापा र शर्माले कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कांग्रेसको विशेष महाधिवेशनमा पुर्व उपसभापति गोपालमान श्रेष्ठ, नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुनिल शर्मा, पूर्वमुख्यमन्त्री केदार कार्की, विनोद चौधरी, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, डा. डिला संग्रौलालगायतका नेताहरु उपस्थित भएका छन् ।