काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पार्टीको अध्यक्ष बनेका छन् । शनिबार उज्यालो घरमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता वार्ता असफल भएपछि घिसिङले पार्टीको नेतृत्व आफैँले लिने निर्णय गरेका हुन् ।
यसअघि उनेपाका संरक्षक घिसिङले दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँग एकता घोषण गरेका थिए । तर, उक्त एकता शनिबार एकाएक भङ्ग भएपछि घिसिङ उनेपाको अध्यक्ष भएका हुन् ।

प्रतिक्रिया