रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन २१ को निर्वाचनमा पूर्वी रूकुमबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिबार पश्चिम रूकुममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा आफू पूर्वी रूकुमबाट चुनाव लड्ने निश्चितजस्तै भएको घोषणा गरेका हुन् । उनले आफू पूर्वी रुकुम आउनु भनेको पश्चिम रुकुम आउनु जस्तै भएको बताए ।
उनले भने, ‘हुनसक्छ म अहिलेको चुनाव म रूकुमैबाट लड्छु। त्यो यही रूकुम भन्ने नठान्नुहोला। पूर्वी रूकुम आउने करिब निश्चित भएको छ । म पूर्वी रूकुम आउने भनेको पश्चिम रूकुम पनि आउने नै हो।’
उनले पश्चिम रुकुमका जनताको विशासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दुःख सुखमा एकाकार हुनका निम्ति आउने प्रतिबद्धता जनाए ।
उनले जनार्दन शर्मातर्फ संकेत गर्दै रुकुमका जनताले कोही पनि भगौडाको पछि नलाग्ने कुराको सावित गरेको बताए ।
उनले भने, ‘पहिला पहिला जस्तो सभामा उपस्थिति नहुने हो कि भन्ने मलाई कता कता अलि अलि लागेको थियो । तर, आज यो सभामा आउँदा रुकुमको जनता महान छन्, कुनै भगौडाका पछि लाग्दैनन् भन्ने कुरा तपाईंले सावित गरिदिनुभयो ।’

प्रतिक्रिया