काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने बताएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भण्डारीले आफूहरु पार्टी विभाजन रोक्ने प्रयासमा लागेको बताएका हुन् ।
उनले नीतिगत वा संकल्प महाधिवेशनमा रुपान्तरण गरेर चार महिना पछाडिको महाधिवेशनमा थप बलियो भएर आउन पार्टीका साथीहरूलाई भन्ने बताए । उनले भने, ‘विशेष महाधिवेशनका नाममा पार्टी फुट्छ कि भन्ने शंका छ । तर, हामी पार्टी विभाजन हुन दिदैनौँ ।’
जेनजी आन्दोलनपछि विशेष महाधिवेशन भएको भए पार्टीमा थप उत्साह थपिन्थ्यो भन्दै भण्डारीले त्यसमा नेतृत्वको कमजोरी भएको बताए । उनले ५४ प्रतिशत साथीहरूले सिफारिस गरेपछि केन्द्रीय समितिले त्यसलाई ग्रहण गर्नुपर्नेमा त्यसो नगर्नु दुःखद भएको बताए ।
उनले इतिहासले दिएको जिम्मेवारीलाई पूरा गर्दै अगाडि बढ्नु कांग्रेसको दायित्व भएको बताए । भण्डारीले विशेष महाधिवेशन सबैको हुनुपर्ने बताए ।
उनले भने,’संस्थापन पक्ष, सभापति÷कार्यवाहक सभापति उहाँहरूले पनि यसलाई आफ्नो हो भनेर ग्रहण गर्ने र आयोजक साथीहरूले पनि यसलाई सम्पूर्ण पार्टीको भन्ने गराउन आग्रह गर्छौं।’

प्रतिक्रिया