सुदूरपश्चिमका कांग्रेसका ६ जिल्ला सभापतिले दिए देउवालाई साथ, विशेष महाधिवेशनमा नजान अपील


काठमाडौं । सुदूरपश्चिम प्रदेशका नेपाली कांग्रेसका ६ जिल्ला सभापतिहरुले देउवालाई साथ दिएका छन् ।

बझाङ जिल्ला सभापति खडक बहादुर बोहरा, डोटी सभापति नरेन्द्र बहादुर सिंह, डडेलधुरा सभापति भिम साउँद, अछाम सभापति पुष्पबहादुर शाह, कञ्चनपुर सभापति पदम बोगटी र कैलाली सभापति नारायणदत्त भट्टले संयुक्त विज्ञप्ति जारी गरी विशेष महाधिवेशनमा सहभागी नहुन अपील गरेका हुन् ।

उनीहरुले विशेष महाधिवेशन विधान विपरीत भएको बताएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा काठमाडौंको भृकुटीमण्डपमा यही पुस २७ र २८ गते विशेष महाधिवेशन हुँदैछ । विशेष महाधिवेशन असफल पार्न यतिबेला कांग्रेसको संस्थापन पक्ष लागिपरेको छ ।