काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारीको प्रचार सामग्री तत्काल सामाजिक सञ्जालबाट हटाउने सम्भावित उम्मेदवारलाई निर्देशन दिएको छ ।
बिहीबार रास्वपा उम्मेदवार छनोट सिफारिस उपसमिति सूचना प्रकाशित गरी उम्मेदवार तय नहुँदै प्रचार सामग्री राखिएको भन्दै हटाउन निर्देशन दिएको हो ।
सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष तर्फका आकांक्षी उम्मेदवारहरूमध्ये केहीले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको देखिन आएको छ। यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचार–प्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन गरिन्छ ।’


प्रतिक्रिया