विशेष महाधिवेशनकै दिन देउवाले युवा र जिल्ला सभापतिहरुलाई सानेपामा उतार्ने


काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनलाई प्रभावित पार्न सोही दिन युवा तथा जिल्ला सभापति भेला बोलाएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनकै दिन युवा तथा जिल्ला सभापतिको भेला बोलाएको हो ।

आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको संस्थापन समूहका शीर्ष नेताहरूको बैठकले भेला बोलाउने निर्णय गरेको हो । बैठकमा सभापति देउवा, नेताहरू बालकृष्ण खाण, एनपी साउद, जितजंग बस्नेत, नेविसंघ अध्यक्ष दुजाङ शेर्पालगायत सहभागी थिए ।

युवा भेलाको संयोजन तरुण दल अध्यक्ष विद्वान गुरुङले गर्ने बताइएको छ । त्यसैगरी जिल्ला सभापतिहरूको भेलाको संयोजन गर्ने जिम्मा जितजंग बस्नेत र भक्तपुर सभापति दुर्लभ थापालाई दिइएको छ ।