भेनेजुएला प्रकरणमा बल्ल बोल्यो नेपाल, तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न आग्रह


काठमाडौं । नेपालले भेनेजुएलामा हाल देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन तथा तनाव थप चर्किन सक्ने कुनै पनि कदम चाल्नबाट जोगिन आह्वान गरेको हो ।

संयुक्त राष्ट्रसंघको बडापत्रमा व्यवस्था गरिएका राज्यहरूको सार्वभौमिकता, भू–अखण्डता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान हुनुपर्नेमा नेपालले जोड दिएको छ ।

नेपालले सबै प्रकारका विवाद संवाद, कूटनीति र पारस्परिक समझदारीमार्फत शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।

अमेरिकामा लागुऔषध तथा हतियार तस्करी गरेको आरोपमा राष्ट्रपति मदुरो दम्पतीलाई अमेरिकी सेनाले पक्राउ गरी अमेरिका लगेको छ । अहिले भेनेजुएलाको सरकार अमेरिकी नियन्त्रणमा छ ।