काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन् ।
बुधबार संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले ५४.५८ प्रतिशतले हस्ताक्षर बुझाएरै विशेष महाधिवेशन माग गरेको भन्दै पुस २७ र २८ को लागि विशेष महाधिवेशनको माग गरेका हुन् । उनीहरूले विशेष महाधिवेशनमा सहभागी हुन अपील गरेका छन् ।
उनीहरुले भनेका छन्, ‘विधानबमोजिम निवेदन दिइसकेपछि विशेष महाधिवेशन बोलाउन नसक्ने अवस्थाको परिकल्पना नेपाली कांग्रेसको विधानले गरेको छैन । विधानबमोजिम कारणसहित माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन । यस्तो अवस्थामा विधानसम्मत माग बेवारिसे हुन सक्दैन, महाधिवेशन आफैँ क्रियाशील हुन्छ र तोकिएको समयसिमाभित्र विशेष महाधिवेशन हुन्छ भन्ने कुरा हामीले पार्टी बैठकमा पटक पटक राखेका हौँ ।’
उनीहरुले पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनितिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको बताएका छन् ।



प्रतिक्रिया