राष्ट्रियसभामा १८ पदका लागि ४४ जनाको उम्मेदवारी


काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । १८ पदमा हुने निर्वाचनका लागि बुधबार प्रदेश निर्वाचन कार्यालयमा उमेदवारी दिएका हुन् ।

राष्ट्रियसभामा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच चुनावी तालमेल भएको छ । जसमा कांग्रेसले ९, एमालेले आठ र जसपा नेपालले एक सीट बाँडफाँट गरेका छन् ।