विष पिएर भए पनि पार्टी एकता कायम राख्छुः महामन्त्री थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कसैले चाहेर पनि पार्टी नफुट्ने बताएका छन् । बुधबार पार्टीका नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादको क्रममा महामन्त्री थापाले पार्टी कुनै हालतमा नफुट्ने बताएका हुन् ।

उनले भने, ‘कसैले चाहेर पनि फुट्दैन। साँच्चै असजिलो अवस्था आयो भने त म आफू विष पिउँछु नि, एकतालाई जोगाउँछु। तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्तालाई आश्वस्त बनाउँछु कि, पार्टी फुट्दैन।’

उनले आफूहरूले चलाइरहेको अभियानले पार्टीलाई थप बलियो बनाउने बताए । महामन्त्री थापाले पार्टीलाई सान्दर्भिक बनाउन अभियान चलाएकाले त्यसलाई रोक्न आफूहरुले चाहेको बताए ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्न कार्यतालिका सार्वजनिक गरिसकेको छ ।