राष्ट्रियसभा निर्वाचनमा यी हुन् नेकपाका उम्मेदवार


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस र एमालेसँग सहमति नभएपछि नेकपाले एक्लै निर्वाचन लड्नेगरि उम्मेदवार टुंगो लगाएको हो ।

नेकपाले कोशीबाट खेमराज सुन्दास, हेमराज घिमिरे, नमिता न्यौपाने, मधेसबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान, समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा, सरोज कुमारी झा, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी, सर्जन बिक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा, अन्जु महतरा र सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको छ ।