काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ ।
बुधबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट ९ जनाना उम्मेदवारको टुंगो लगाएको हो ।
कांग्रेसले कोसी प्रदेशबाट सुनिलबहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
माघ ११ गते हुने राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ ।

प्रतिक्रिया